यद्यपि विद्यालय समाजको न्यूनतम आवश्यकताको रूपमा त्यस समुदायका निम्ति त्यहाँका सचेत व्यक्तिहरूको सक्रियतामा स्थापना भएको हुन्छ। तापनि स्थापना पश्चात यसलाई आवश्यक तत्वहरूको पूर्तिका लागि एकाधको प्रयत्नबाट मात्र सम्भव छैन। यसका लागि थुप्रै जनशक्ति, धन र समयको खाँचो पर्दछ। यो विद्यालय उपरोक्त स्वाभाविक चरणहरू पार गर्दै यस अवस्थासम्म आइपुगेको छ।
यस विद्यालयलाई विभिन्न कोणबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक, पूर्ण समितिका सदस्यहरू, शिक्षक, कर्मचारी, एवं विद्यार्थी, भाई बहिनीहरूमा पनि हार्दिक धन्यवाद टक्र्याउन चाहन्छु। र भविष्यमा पनि यस्तै खालका रचनात्मक सहयोगको आशा राखेको छु।