yadavramkishor426@gmail.com 9821496717
Shree Dipshikhar Basic School श्री दीपशिखर आधारभूत विद्यालयShree Dipshikhar Basic School Punarbas 9, Bichfata स्थापना 2062 B.SPunarbas 9, Bichfata Est. 2062 B.S
मेनुMenu
भर्ना खुल्योAdmission Open
गृहपृष्ठHome/परिचयAbout

हाम्रो परिचयAbout Our School

श्री दीपशिखर आधारभूतShree Dipshikhar Basic

About school
हाम्रो कथाOur story

विद्यालयको बारेमाAbout school

विद्यालयको संक्षिप्त इतिहास यो विद्यालय पुनर्वास नगरपालिकाको ९ नं. वडा कार्यालय भवन देखी झन्डै १ कि.मि. दक्षिणतिर प्रसिद्ध प्याराताल जाने मुलबाटोसँग जोडिएको गोरेटोमा अवस्थित छ। यस क्षेत्रका स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरूको सक्रियतामा मिति २०६२ - ४ महिनामा स-साना बालबालिकाहरूलाई समेटी शिक्षाबाट बञ्चित हुन नदिनका निमित्त शिक्षाको दियोलाई शिखरसम्म पुर्याउने संकल्प गरी यस विद्यालयको नाम दिपशिखर नामाकरण गरी यस विद्यालयको स्थापना भएको हो।

२०६२ सालमा यो विद्यालय निजी स्तरका रुपमा संचालन रहेको थियो। तत्पश्चात मिति २०६४-९-२५ गतेको दिनदेखि विद्यालय संचालनको अनुमति पाएको। यसै गरी प्रत्येक वर्ष अनुमती लिदै कक्षा ५ सम्म संचालन भईरहेको छ। यहाँको वातावरण शान्त, स्वच्छ र सफा छ। यहाँ भवनहरू पक्की छन्। शौचालयको सुविधा छ। यहाँ खानेपानी, पुस्तकालय, विज्ञान प्रयोगशाला, यातायात सुविधा, अतिरिक्त क्रियाकलाप, आदि सुविधाहरू छैनन्।

This school is located about 1 kilometer south of the Ward No. 9 Office building of Punarbas Municipality, along a foot trail connected to the main road leading to the famous Pyara Taal. It was established in July/August 2005 (Shrawan 2062 BS) through the active initiative of local education enthusiasts and intellectuals, who pledged to carry the lamp of education to its peak ("Dipshikhar") and ensure young children in the region were not deprived of education.

Initially operated as a private institution in 2005, the school officially received government approval for operation on January 10, 2008 (Poush 25, 2064 BS). Since then, it has been renewing its approval annually and currently runs classes up to Grade 5. The surrounding environment is peaceful, clean, and fresh, and the school features permanent concrete buildings with toilet facilities. However, essential amenities such as safe drinking water, a library, a science laboratory, transportation, and organized extracurricular activities are currently unavailable.

Shree Dipshikhar Basic School

Punarbas - 9, Bichfanta, Kanchanpur

परिचय अभिलेखOfficial records

संस्थागत विवरणInstitutional Details

हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.

दर्ता नम्बरRegistration No. 201575161
मार्गदर्शनWhat guides us

दृष्टिकोण, लक्ष्य र मूल्यVision, Mission & Values

दृष्टिकोणVision

समतामूलक र गुणस्तरीय शिक्षाको केन्द्र: एक सुरक्षित, समावेशी र प्रविधिमैत्री वातावरण सिर्जना गरी पुनर्वास क्षेत्रका प्रत्येक बालबालिकालाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्ने उत्कृष्ट आधारभूत विद्यालयका रूपमा स्थापित हुनु।
A Hub for Equitable and Quality Education: To establish the school as an outstanding basic education institution that provides quality and life-oriented education to every child in the Punarbas region by creating a safe, inclusive, and technology-friendly environment.

लक्ष्यMission

पूर्वाधार विकास: विद्यालयमा खानेपानी, पुस्तकालय, विज्ञान प्रयोगशाला, र यातायात जस्ता आधारभूत सुविधाहरूको शीघ्र विस्तार गर्ने। सर्वाङ्गीण विकास: विद्यार्थीहरूको बौद्धिक विकासका साथै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको प्रतिभा र सृजनशीलतालाई उजागर गर्ने। शिक्षामा पहुँच: पुनर्वास–९, विचफाँटा र वरपरका कुनै पनि बालबालिकालाई शिक्षाको उज्यालो घामबाट बञ्चित हुन नदिन स्थानीय समुदायसँग सहकार्य गर्दै अघि बढ्ने। गुणस्तरीय सिकाइ: शान्त र स्वच्छ वातावरणको सदुपयोग गर्दै दक्ष तथा समर्पित शिक्षकहरूमार्फत जीवनोपयोगी र व्यावहारिक शिक्षा प्रदान गर्ने।
Infrastructure Development: To rapidly expand essential facilities such as drinking water, a library, a science laboratory, and transportation services at the school. Holistic Development: To foster intellectual growth while nurturing students' talents and creativity through extracurricular activities. Educational Access: To collaborate with the local community to ensure that no child in Punarbas-9, Bichfanta, and surrounding areas is deprived of the light of education. Quality Learning: To deliver practical and life-oriented education through skilled and dedicated teachers, utilizing the school's peaceful and clean environment.

मूल्यValues

ज्ञान र प्रकाश : 'दिपशिखर' नाम अनुसार नै शिक्षाको दियो बालेर अज्ञानताको अँध्यारो हटाउने र विद्यार्थीलाई ज्ञानको शिखरसम्म पुर्याउने। समानता र समावेशिता : सामाजिक वा आर्थिक पृष्ठभूमि जे जस्तो भए पनि सबै बालबालिकालाई समान अवसर र सम्मान प्रदान गर्ने। सामुदायिक सहभागिता : स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवी र अभिभावकहरूको सक्रिय सहभागिता र सुझावलाई उच्च प्राथमिकता दिने। नैतिकता र अनुशासन : विद्यार्थीहरूमा अनुशासित, नैतिकवान् र जिम्मेवार नागरिक बन्ने संस्कारको विकास गराउने। निरन्तर सुधार : सीमित स्रोत साधनका बाबजुद उपलब्ध भौतिक पूर्वाधारको संरक्षण गर्दै शैक्षिक स्तर वृद्धिमा निरन्तर लागिपर्ने।
Knowledge & Enlightenment: True to the name 'Dipshikhar' (Peak of Light), to ignite the torch of education, dispel ignorance, and lead students to the pinnacle of knowledge. Equity & Inclusivity: To provide equal opportunities and respect to all children, regardless of their social or economic background. Community Engagement: To prioritize the active participation and guidance of local education enthusiasts, intellectuals, and parents. Ethics & Discipline: To cultivate discipline, morality, and a sense of civic responsibility in students. Continuous Improvement: To relentlessly strive for educational excellence by preserving physical infrastructure despite limited resources.
इतिहासOur history

विद्यालयको इतिहासSchool History

इतिहास विवरण थपिएको छैन।History entries coming soon.

श्री राम किशोर यादव
प्रधानाध्यापकको सन्देशPrincipal's message

श्री राम किशोर यादवश्री राम किशोर यादव

यद्यपि विद्यालय समाजको न्यूनतम आवश्यकताको रूपमा त्यस समुदायका निम्ति त्यहाँका सचेत व्यक्तिहरूको सक्रियतामा स्थापना भएको हुन्छ। तापनि स्थापना पश्चात यसलाई आवश्यक तत्वहरूको पूर्तिका लागि एकाधको प्रयत्नब…Although a school is established through the active initiative of conscious individuals as a fundamental need of the community, sustaining and fulfilling its essential requirements post-establishment…

पूरा सन्देश पढ्नुहोस् →Read full message →
photo
अध्यक्षको सन्देशChairman's message

श्री जय व. सुनारMr. Jai B. Sunar

यद्यपि विद्यालय समाजको न्यूनतम आवश्यकताको रूपमा त्यस समुदायका निम्ति त्यहाँका सचेत व्यक्तिहरूको सक्रियतामा स्थापना भएको हुन्छ, तापनि स्थापना पश्चात यसलाई आवश्यक तत्वहरूको पूर्तिका लागि एकाधको प्रयत्नब…Although a school is established through the active initiative of conscious individuals as a fundamental need of the community, sustaining and fulfilling its essential requirements post-establishment…

पूरा सन्देश पढ्नुहोस् →Read full message →