श्री जय व. सुनार - अध्यक्षMr. Jai B. Sunar - Chairman
यद्यपि विद्यालय समाजको न्यूनतम आवश्यकताको रूपमा त्यस समुदायका निम्ति त्यहाँका सचेत व्यक्तिहरूको सक्रियतामा स्थापना भएको हुन्छ, तापनि स्थापना पश्चात यसलाई आवश्यक तत्वहरूको पूर्तिका लागि एकाधको प्रयत्नबाट मात्र सम्भव छैन। यसका लागि थुप्रै जनशक्ति, धन र समयको खाँचो पर्दछ। हाम्रो विद्यालय पनि उपरोक्त स्वाभाविक चरणहरू पार गर्दै आज यस अवस्थासम्म आइपुगेको छ। २०६२ सालमा स-साना बालबालिकाहरूलाई शिक्षाबाट बञ्चित हुन नदिन स्थानीय शिक्षाप्रेमी र बुद्धिजीवीहरूको संकल्पबाट सुरु भएको यस दीपशिखर आधारभूत विद्यालयले निरन्तर अनुमती लिँदै शैक्षिक यात्रामा अघि बढिरहेको छ। शान्त, स्वच्छ र पक्की भवनसहितको भौतिक वातावरण तयार भए तापनि अझै पनि पुस्तकालय, विज्ञान प्रयोगशाला, खानेपानी तथा यातायात जस्ता आधारभूत सुविधाहरूको विस्तार गर्न बाँकी नै छ। आगामी दिनहरूमा यी भौतिक तथा शैक्षिक पूर्वाधारहरूको विकास गर्दै बालबालिकालाई गुणस्तरीय र जीवनोपयोगी शिक्षा प्रदान गर्न हामी प्रतिबद्ध छौँ। यस विद्यालयलाई यहाँसम्म पुर्याउन विभिन्न कोणबाट योगदान गर्नुहुने सम्पूर्ण अभिभावक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, शिक्षक, कर्मचारी एवं प्यारा विद्यार्थी भाइबहिनीहरूमा हार्दिक धन्यवाद टक्र्याउँदै भविष्यमा पनि यस्तै रचनात्मक सहयोग र अभिभावकीय संरक्षकत्वको पूर्ण आशा राख्दछु।
अध्यक्ष
श्री दीपशिखर आधारभूत विद्यालय
Although a school is established through the active initiative of conscious individuals as a fundamental need of the community, sustaining and fulfilling its essential requirements post-establishment is beyond the effort of just a few. It demands substantial human resources, funds, and time. Our school has also reached its present stage by overcoming these natural phases of growth. Starting in 2005 (2062 BS) through the commitment of local education enthusiasts and intellectuals to ensure no child is deprived of education, Shree Dipshikhar Basic School has been continuously progressing on its educational journey. While we have secured a peaceful, clean, and concrete structure, we still need to expand essential facilities such as a library, science laboratory, drinking water, and transportation. In the days ahead, we remain dedicated to upgrading these physical and academic infrastructures to provide quality and life-oriented education to our students. I would like to express my heartfelt gratitude to all the parents, management committee members, teachers, staff, and dear students who have contributed to this school from various dimensions, and I look forward to your continued creative support and guidance in the future.
Chairperson
Shree Dipshikhar Basic School
