संस्थाहरुसँग आबद्ध भई हामी उच्च शिक्षा प्रदान गर्दछौं। यी साझेदारीहरुले विद्यार्थीहरुलाई अत्याधुनिक ज्ञान, सीप, र स्रोतसाधनमा पहुँच प्रदान गर्दछ, जसले उनीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा मद्दत गर्दछ।
यो विद्यालय पुनर्वास नगरपालिकाको ९ नं. वडा कार्यालय भवन देखी झन्डै १ कि.मि. दक्षिणतिर प्रसिद्ध प्याराताल जाने मुलबाटोसँग जोडिएको गोरेटोमा अवस्थित छ। यस क्षेत्रका स्थानीय शिक्षाप्रेमी, बुद्धिजीवीहरूको सक्रियतामा मिति २०६२ - ४ महिनामा स-साना बालबालिकाहरूलाई समेटी शिक्षाबाट बञ्चित हुन नदिनका निमित्त शिक्षाको दियोलाई शिखरसम्म पुर्याउने संकल्प गरी यस विद्यालयको नाम दिपशिखर नामाकरण गरी यस विद्यालयको स्थापना भएको हो। २०६२ सालमा यो विद्यालय निजी स्तरका रुपमा संचालन रहेको थियो। तत्पश्चात मिति २०६४-९-२५ गतेको दिनदेखि विद्यालय संचालनको अनुमति पाएको। यसै गरी प्रत्येक वर्ष अनुमती लिदै कक्षा ५ सम्म संचालन भईरहेको छ। यहाँको वातावरण शान्त, स्वच्छ र सफा छ। यहाँ भवनहरू पक्की छन्। शौचालयको सुविधा छ। यहाँ खानेपानी, पुस्तकालय, विज्ञान प्रयोगशाला, यातायात सुविधा, अतिरिक्त क्रियाकलाप, आदि सुविधाहरू छैनन्।
श्री दिपशिखर आधारभूत विद्यालय
पुनर्वास - ९ विचफाँटा कञ्चनपुर
हाल कुनै सूचनाहरू उपलब्ध छैनन् ।